राप्रपा गण्डकीमा समानुपातिक सांसद चयनबारे विवाद, प्रदेश र जिल्ला कार्यालयमा तालाबन्दी
पाेखरा | मंसिर २५, २०७९
पोखरा: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा समानुपातिक सांसद चयनबारे विवाद देखिएको छ । समानुपातिक सांसद चयनबारे असहमति जनाउँदै पोखरास्थित राप्रपाको प्रदेश कार्यालय र कास्की जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।
कास्कीका राप्रपा कार्यकर्ताले सबैभन्दा बढी मत आएको जिल्ला कास्कीलाई छाडेर अन्य जिल्लाबाट सांसद छानिएको भन्दै आइतबार साँझ तालाबन्दी गरेका हुन् ।
राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले सबै भन्दा बढी मत ल्याउने जिल्लालाई छोडेर अन्य जिल्लाका समानुपातिक उम्मेदवारलाई सांसद बनाएको भन्दै विरोध गर्दै पार्टीमा तालाबन्दी भएको जानकारी दिए ।
“सबैभन्दा बढी मत ल्याउने जिल्लालाई छाडेर अन्यत्रका व्यक्तिलाई सांसद बनाएको भनेर विरोध भएको हो, प्रवक्ता गिरीले भने, “समानुपातिक सांसद चयनमा धेरै मत आउने जिल्लाबाट किन परेन भन्ने उहाँहरुको विरोध हो । भोलि बैठक बसेर विवाद समाधान गछौं ।”
कास्कीबाट नारायण गुरुङ, सुनिता केसी, वरुणविक्रमण राणासहित पाँचजना बन्द सूचीमा थिए । राप्रपाले गण्डकी प्रदेशमा समानुपातिकतर्फ पञ्चराम गुरूङ र बिन्दु पहाडीलाई छनोट गरेको छ ।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

